अपराध
मदिरा सेवन गरी ४ जनाको समूहले गरे महाबै– ३ का वडाध्यक्ष सिंहमाथि कुटपिट
०

सुर्खेत, पुस ६-
कालीकोटको महावै गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष पदम बहादुर सिंहमाथि हातपात भएको छ । आज बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासि मदिरा सेवन गरी ४ जनाको समूहले उनीमाथि हातपात गरेको हो ।
सो क्रममा टाउकोमा धारिलो हतियार प्रयोग गरेको पाइएकोले ज्यान मार्ने उद्देश्यले आक्रमण भएको हुन सक्ने भन्दै महावै गाउँपालिकाले एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ ।
महावै गाउँपालिका वडा नं३ राता टोलमै बस्ने जीवन सिंह, तारा सिंह, टोप सिंह र घमन्ड शाहीको समूहले अध्यक्षमाथि हातपात र कुटपिट गरेर भागेका थिए ।
वडाध्यक्ष सिंहको टाउकोमा ७ वटा टाँका लगाई थप उपचारको लागि जिल्ला अस्पताल कालीकोट पठाइएको छ ।