अर्थ

काठमाडौं महानगरले भाटभटेनीलाई दुई लाख जरिवाना तिरायो, कारण यस्तो

Banner

काठमाडौं, पुस ६-

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई दुई लाख जरिवाना तिराएको छ । कामपाको कृषि तथा पशुपंक्षी विभागका निरीक्षक डा.अवधेश झाका अनुसार कामपाको ‘कल सेन्टर’मा आएको गुनोसोका आधारमा अनुगमन गर्दा सुकेको नरिवलमा किरा लाग्नुको साथै ढुसीसमेत परेको फेला परेपछि जरिवाना रकम तिराइएको हो ।

अनुगमनको क्रममा खान नमिल्ने अवस्थाका ४४ प्याकेट नरिवल व्यवस्थापककै रोहवरमा नष्ट गरी जरीवाना गराइएको महानगरले जनाएको छ । जरिवाना रकम कामपाको राजस्व खातामा जम्मागरी अब उप्रान्त खाद्य सामग्री बिक्री वितरण गर्दा उच्च गुणस्तर र खान योग्य वस्तु निश्चित गरेर मात्र बिक्री गर्न निर्देशन दिइएको महानगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>