नवलपरासी
नवलपरासीको सुनवलमा सवारी दुर्घटना, २२ घाइते, ६ जना गम्भीर
०
परासी,पुस ५-
पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ अलकत्रे डाँडामा शुक्रबार सवारी दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छ्न् । बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१-००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठक्कर खाएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ जना गम्भीर रहेको र उपचारका लागि रुपन्देहीको भलुही भलुही मेडिकल कलेज लगिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>