Breaking News
हिरासतमा सुतिरहेको फोटो बाहिरिएपछि रविले भने–म सुरक्षित छैन
०
काठमाडौं, पुस ४-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन्। बुधबार सिसीटिभीबाट खिचिएको फोटो भाइरल भएपछि लामिछानेले यस्तो बताएका हुन्।
बिहीबार रास्वपा कोषाध्यक्ष दीपक बोहरा लामिछानेलाई भेट्न जिल्ला प्रहरी कास्कीको हिरासत नै पुगेका थिए। बोहरासँग उनले यस्तो बताएका हुन्।
लामिछानेलाई उद्धृत गर्दै बोहराले भने,‘म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ। छानबिन हुनुपर्छ।’
भाइरल फोटो रविकै हो वा होइन भन्ने कुराको पुष्टि हुन भनेको सकेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>