काठमाडौँ
जथाभावी मेडिकलजन्य फोहोर फालेको भन्दै एक मेडिकललाई महानगरले तिरायो ५० हजार जरिबाना
०
काठमाडौं, पुस ३-
काठमाडौं महानगरपालिकाले जथाभावी मेडिकलजन्य फोहोर फालेको भन्दै एक मेडिकललाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
काठमाडौंको धुम्बराहीमा रहेको एसियन रेज मेडिकेयर सेन्टरलाई महानगरले जरिबाना गरेको हो ।
मेडिकलजन्य फोहोर जथाभावी फालेको भन्दै मेडिकेयर सेन्टरका प्रतिनिधि मनोजराज गुरूङलाई महानगर प्रहरी बलले जरिबाना गरेको महानगरले जनाएको छ ।
महानगरले चिकित्साजन्य फोहोरलाई वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्न अनुरोध गर्दै आइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>