खेलकुद

प्रथम भरतपुर खुल्ला राष्ट्रिय तेकवान्दो प्रतियोगिता हुने

Banner

चितवन, पुस १– 

‘प्रथम भरतपुर खुल्ला राष्ट्रिय तेकवान्दो प्रतियोगिता–२०२४’ हुने भएको छ । भरतपुर महानगर नगर खेलकुद विकास समितिको आयोजनामा यही पुस ४ गतेदेखि प्रतियोगिता गर्न लागिएको हो ।

खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ तेक्वान्दो प्रतियोगिता गर्न लागिएको आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका एक हजार खेलाडीको सहभागिता हुने अनुमान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४० जिल्लाका सात सय खेलाडीले सहभागिताका लागि नाम दर्ता गराएका छन् । प्रतियोगितामा सहभागि हुनका लागि खेलाडीले अनलाइनबाट नाम दर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिता तीन उमेर समुहमा हुनेछ । १२ वर्षदेखि १५ वर्ष उमेर समुह, १५देखि १७ वर्ष उमेर समुह र १७भन्दा माथिको उमेर समुहमा प्रतिसपर्धा हुनेछ ।

महिला र पुरुषको छुट्टा छुट्टै पुम्से र क्यारोगी (फाइट) विधामा प्रतियोगिता हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । पुम्सेमा १० वटा स्वर्णपदक तथा क्योरीगी विधामा ३० वटा स्वर्णपदकका लागि तौल समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल एवम् प्रमाणपत्र, दोस्रो हुनेटिमले ३० हजार रुपैयाँ ट्रफी, मेडल एवम् प्रमाणपत्र तथा तेस्रो हुने टिमले २० हजार रुपैयाँ ट्रफी मेडल एवम् प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>