चितवन विशेष
अष्ट्रेलियामा व्यवसायीक प्रवर्द्वन गर्दै सेन्ट्रल कलेज, प्रिन्सिपल पौडेलले गरे २० बढी कलेज तथा युनिभरसिटीको भ्रमण
चितवन, पुस २-
चितवन र नवलपुरलाई लक्षित गरी स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेज (सेन्ट्रल ग्रुप)ले अष्ट्रेलियामा व्यावसायीक प्रवर्द्वन गरिरहेको छ । व्यावसायीक प्रवर्द्वनका लागि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल दुई सातादेखि अष्ट्रेलियामा छन् । उनले त्यहाँका २० भन्दा बढी कलेज तथा युनिभरसिटीको भ्रमण गरिसकेका छन् ।
उनी विगत लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय छन् । चितवनलाई कर्मथलो बनाएर अगाडि बढेका पौडेलले विद्यार्थीहरुको मन र विश्वास जितेका छन् । जुन देशमा जान चाहेको हो सोहि देशका प्रोफेसरहरुले पढाउने भएकाले पनि कलेजले विद्यार्थीको विश्वास जितेको पौडेल बताउँछन् ।
सेन्ट्रल ग्रुपले जापान र अष्ट्रेलियामा आफ्नै कलेज स्थापना गर्ने तयारी पनि गरेको छ । ‘व्यावसायीक मुनाफाबाट सरकारलाई राजस्व तिर्ने र सामाजिक क्षेत्रमा समेत लगाउने गरेको छु । भ्रमणका क्रममा म अहिले अष्ट्रेलियामा छु । अमेरिका, क्यानडा लगायतका देशमा पनि जाँदै छु । त्यहाँका कलेज र युनिभरसिटीसँग प्रत्यक्ष भेटघाट गर्दै छु,उनले भने ।’
व्यावसायीक प्रवर्द्वनका लागि पौडेल यसअघि युके र जापान पुगेका थिए । युके, जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, साउथ कोरिया र युरोपका विभिन्न देशमा व्यावसायीक प्रवर्द्वनका लागि पौडेलको चार महिने विदेश यात्रा जारी छ । ‘यात्राका क्रममा विश्वका विकसित देशहरुमा रहेका कलेज युनिभर्सिटीसंग छलफल र सहकार्य तथा अन्तरक्रिया भइरहेको छ’, उनले भने, ‘यसले कलेजलाई थप विश्वासिलो र भरपर्दो बनाउन सहयोग पु¥याउने विश्वास लिएका छौँ ।’
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया, लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा, भिसा प्रोसेसिङ र तालिमका कक्षाहरु संचालन गर्दै आइरहेको छ । मुख्य कार्यालय चितवनको भरतपुर ओरालोमा रही विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ । सेन्ट्रल ग्रुपले सेन्ट्रल मोडेल कलेज मार्फत त्रिभुवन विश्वविद्यालयको व्याचलर प्रोग्राम अन्तर्गत बिएचएम र बिआइएमका कक्षा पनि संचालन गरिरहेको छ ।