चितवन विशेष
चितवनकी महिलाले काठमाडौँमा आफ्नो शरीरमा आफैँले लगाइन् आगो
काठमाडौँ, मंसिर २९-
चितवनकी एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार रत्ननगर नगरपालिका १२ घर भएकी ३८ वर्षीया कमला आचार्यले आज (शनिबार) दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएकी हुन्।
हाल काठमाडौँको बौद्ध नारायणटारमा डेरा गरी बस्दै आएकी आचार्यलाई प्रहरीले जलेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको एसपी अधिकारीले बताए। उनले काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ किराँतचोकनजिक बागमती नदीको किनारस्थित खाली जमिनमा आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएकी थिइन् ।
उनको उपचार शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
‘बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएको भनी बुझिएको र निजले आफैँ आफ्नो शरीरमा पट्रोल छर्की आगो लगाएको बुझिएको छ’, एसपी अधिकारीले भने, ‘शरीरका विभिन्न भाग जली गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा छिन्, घटनाबारे थप अनुसन्धान जारी छ।’