Breaking News
कप्तान कुशलको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
०
काठमाडौं, मंसिर २९-
कुशल मल्लले प्रतियोगिताको पहिलो अर्धशतक बनाएपछि चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्टसलाई १८१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कशुलको ७२ रन मद्दतमा पाँच विकेट गुमाएर १८० रन बनाएको हो । मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । रवि बोपाराले ४४ र हसन इसाखिलले २८ रन जोडे ।
बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए । अन्य बलरहरु महँगा बन्दा ललितले किफायती बलिङ गर्दै ४ ओभरमा २ ओभर मेडन राखेर जम्मा ११ रन खर्चिए । उनले आफ्नो सुरुको दुई ओभर नै मेडन राखेका थिए । चार ओभर स्पेलमा जम्मा एक चौका खर्चेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>