Breaking News

विश्व बैंकद्वारा नेपाललाई १० करोड अमेरिकी डलर सहायता अनुमोदन

Banner

काठमाडौं,मंसिर २९-

विश्व बैंकले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासका लागि १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपैयाँ) को सहायता अनुमोदन गरेको छ। बैंकका कार्यकारी निर्देशक बोर्डले वासिङ्टनमा शुक्रबार यो रकमको विकास नीति सञ्चालन अनुमोदन गरेको हो।

विश्व बैंकका अनुसार नेपालको दिगोपनका लागि सक्षम वातावरण सुधार गर्ने लक्ष्य राखेका तीन वटा विकास नीति सञ्चालन कार्यक्रमको शृङ्खलामा यो दोस्रो हो। यो शृङ्खला नेपालका लागि थप उत्थानशील र दिगोपन निर्माण गर्न र सबै नेपालीका लागि दीर्घकालीन विकासको आधारलाई चलाउन र संरक्षण गर्न उत्प्रेरक भएको नेपाल, श्रीलंका र मालदिभ्सका लागि विश्व बैङ्कका क्षेत्रीय निर्देशक डेभिड सिक्लेनले बताए।

यो सहायता सञ्चालनले हरित वित्तीय साधन, जल सुरक्षा, सिँचाइ, भूमिको प्रयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन, र जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा नेपालको नीति कार्यक्रमलाई समर्थन गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>