Breaking News

रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो निः प्रचण्ड

Banner

चितवन, मंसिर २५-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए पनि हुने बताएका छन्।

मंगलबार चितवनमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै प्रचण्डले देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति नरहने पनि बताए।

‘मैले सरकार र सरकारवादी पार्टीका नेताहरूलाई भनेको छु, किन राख्नपर्‍यो हिरासतमा हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!,’ प्रचण्डले भने, ‘जे जे जाँचबुझ गर्नुछ गरे हुन्छ नि। स्वयम रविले पनि अदालतको फैसला जेसुकै होस् मान्न तयार छु भनेपछि त्यो रवि लामिछानेसँग यति धेरै तर्सिनुपर्ने ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>