Breaking News

रवि लामिछानेलाई पर्सातर्फ लगियो

Banner

काठमाडौँ, मंसिर २४-

रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले आज पर्सातर्फ लगेको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा रहेका रविलाई कास्की प्रहरीको हिरासतबाट उनलाई प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सातर्फ लगेको हो ।

उनलाई सोमबार दिउँसो बुद्ध एयरको जहाजबाट काठमाडौँदेखि सिमरा पुर्‍याइएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । त्यहाँबाट उनलाई गाडीमा राखेर पर्सा लगिनेछ । यसअघि आजै बिहान उनलाई पोखराबाट जहाजमा काठमाडौँ ल्याइएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>