Breaking News

एनपीएल : आज जनकपुर र पोखरा, काठमाडौं र सुदूरपश्चिम भिड्दै

Banner

काठमाडौं, मंसिर २०-

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन्। आठौं खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तथा नवौं खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

दोस्रो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा रहँदा जनकपुर अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ। आफ्नो पहिलो खेलमा चितवन राईनोजसँग ८७ रनको फराकिलो अन्तरको हार व्यहोरेको कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा छ।

अक्सनमा खुलेर खर्च गरेको पोखराले सागर ढकाल, आकाश चन्द, दिलिप नाथ लगायतका स्तरिय खेलाडी अनुबन्ध गरेपनि सुखद सुरुवात गर्न सकेन। ब्याटिङ लाइनअपमा उत्कृष्ट खेलाडी भएपनि पहिलो खेलमा कुनै पनि खेलाडी चल्न नसक्दा पोखरालाई तल्लोक्रमका नारायण जोशी र मार्कस क्रिट्लेले पाली सम्हाल्ने कोशिस गरे पनि जितका लागि पर्याप्त भएन।

जनकपुर यो लिगकै बलियो टोलीका रुपमा देखा परेको छ। पहिलो खेलमा विराटनगरलाई दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८–८ विकेटले हराएको जनकपुर लगातार तेस्रो जितको खोजीमा छ। राष्ट्रिय टोलीकै सफल पूर्व प्रशिक्षक पुवुदु दासानायकेको प्रशिक्षण र अनिल साहको कप्तानीमा रहेको जनकपुरमा आसिफ शेख, ललित राजवंशी र किशोर महतो जस्ता खेलाडी छन्।

आजै हुने अर्को खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन्। यी दुई बीचको खेल दिउँसो १ बजे हुनेछ।

पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा स्टारले भरिएको कर्णालीलाई ३ विकेटले हराउँदै उत्कृष्ट पुनरागमन गरेको थियो।

काठमाडौं यहि लय कायम राख्न चाहन्छ। तर स्थानीय खेलाडीले भरिएको सुदुरपश्चिमले पहिलो खेलबाटै कमजोर नरहेको सन्देश दिइसकेको छ। विराटनगरलाई हराउँदै शान्दार सुरुवात गरेको सुदुरपश्चिममा अन्तिमसम्म पनि स्तरिय ब्याटिङ गर्न सक्ने खेलाडी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>