Breaking News

आज एकैदिन १० घण्टासम्म बयान लिएपछि चितवनमा सकियो रविको बयान लिने काम

Banner

चितवन, मंसिर १९–

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेको चितवनमा दुई दिन लगाएर बयान सकिएको छ ।

आज कार्यालय समय खुलेसङ्गै प्रहरी हिरासतबाट सरकारी वकिल कार्यालय पुर्याइएका लामिछानेको दोस्रो दिन १० घण्टासम्म बयान लिईएको चितवनका न्यायधिवक्ता शान्तिराज लुँइटेलले नारायणी अनलाइनलाई जानकारी दिए । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका लामिछानेलाई हिजो मात्रै काठमाडौंबाट ल्याइएको थियो ।

उनलाई यहाँ ल्याउने बित्तिकै पहिलो दिन करिव ५ घण्टा बयान लिईएको थियो । दुई दिनमा रविलाई ७५ वटा प्रश्न गरेर बयान लिईएको स्रोतले जनाएको छ । लामिछानेको बयान सकिए पनि आज जिल्ला प्रहरी कार्यालय चितवनकै हिरासतमा राखिने छ ।

लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>