Breaking News

काठमाडौंमा रविको बयान सकियो

Banner

काठमाडौँ, मंसिर १७-

काठमाडौं पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाइएका सभापति रविको बयान शुक्रबारदेखि शुरु भएको थियो । उनको बयान आज तेस्रो दिन सकिएको हो।

रविको बयान आज बयान सकिएपनि उनलाई भोलि (मंगलबार) मात्रै पोखरा पठाउने तयारी भएको छ।  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयान लिन गएको बिहीबार काठमाडौं ल्याइएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>