Breaking News

काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजले पहिले बलिङ गर्ने

Banner

काठमाडौं,मंसिर १७-

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गुर्खाज् भिड्दैछन् । टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाज विरुद्ध पहिलो बलिङ गर्ने निर्णय गरेको छ ।

काठमाडौंको विदेशी खेलाडीमा इंग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् ।

त्यसैगरी चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इंग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् ।

शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>