Breaking News

प्रधानमन्त्रीको भ्रमण दलमा ९ जना सांसद सहित ८७ सदस्य टोली जाने

Banner

काठमाडौँ, मंसिर १३-

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीनको भ्रमणमा निस्किँदैछन् ।

उनी ८७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै चीन जान लागेका हुन् । उनको भ्रमण दलमा ३२ सरकारी र ५५ निजी क्षेत्रका सदस्य समावेश छन् ।

त्यसमध्ये ९ सांसद रहेका छन् । सांसदहरूमा अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, सर्वेन्दर नाथ शुक्ला र रन्जिता श्रेष्ठ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>