चितवन विशेष
चितवनमा उम्लिएको पानीमा परेर दुई वर्षीय बालिकाको मृत्यु
०

चितवन, मंसिर १०-
चितवनको राप्ती नगरपालिका–१ रानिबासमा उम्लिएको पानीमा परेर दुई वर्षीय बालिकाको मृत्यु भएको छ ।
आइतवार बिहान ७ बजेको समयमा स्थानीय प्रकाश घलानको दुई वर्ष चार महिनाकी छोरी प्रिती घलान बाख्राको लागि भनेर उमालिएको पानीमा परेकी थिइन् । उम्लिएको पानीमा परेर घाइते भएकी प्रितीलाई उपचारको लागि आइतवार बिहान ११ः२० बजे भरतपुर अस्पताल ल्याइएको थियो ।
प्रितीको उपचारको क्रममा आइतवार बिहान ११ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























