चितवन विशेष

चितवनको भरतपुरमा सुख भिल्लाज, एकै ठाउँमा ७० घर बन्दै

Banner

चितवन, मंसिर ८-

काठमाडौं र पर्सापछि चितवनको भरतपुरमा पनि सुख भिल्लाजका सुविधासम्पन्न घरहरु बन्ने भएका छन् । रियलस्टेट कम्पनी सिद्धि हाउजिङले सुख भिल्लाज परियोजना अन्तर्गत भरतपुर महानगरपालिका–९ बसन्त चोक नजिक ७० वटा घर बनाउँदै छ । बसन्त चोकबाट ३०० मिटरभित्र ५२ कठ्ठामा बन्ने सुख भिल्लाजमा ७० वटै घर साढे दुई तलाका हुनेछन् ।

चितवनमा सुख भिल्लाज परियोजनाको शुक्रवार एक कार्यक्रमका बीच प्रि–लन्च गरिएको हो । त्यसअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका पार्टनर शौरभ तिमिल्सिनाले सुख भिल्लाजको बुकिङ खुला भइसकेको बताए । सुख भिल्लाजमा बन्ने घरहरु १० देखि १२ धुरमा निर्माण हुने उनले बताए । १० धुरमा निर्मित २६९५ वर्गफुटको दुई करोड ६५ लाख रुपैयाँ पर्ने घरलाई विशेष प्रि–बुकिङ छुट योजना अन्तर्गत दुई करोड २५ लाख रुपैयाँमा विक्री गरिने उनले बताए ।

उनका अनुसार आवासिय भवन निर्माण कार्य सुरु भइसकेको छ । ३० महिनाभित्र भवनहरुको निर्माण कार्य सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । सुख भिल्लाज हाउजिङमा २०० जना क्षमताको हल, स्वीमिङ पुल, मन्दिर, बगैंचा लगायतका सामुदायिक सुविधाहरु पनि रहनेछन् । आफ्नो जीवनशैलीलाई आधुनिकतातर्फ लैजान इच्छकु परिवारका लागि सुख भिल्लाज परियोजना उपयुक्त हुने उनले बताए । पर्साको वीरगञ्ज र काठमाडौँको बाफल र सानो भ¥याङमा पनि सुख भिल्लाज परियोजनाका आवासिय भवनहरु निर्माण भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>