चितवन विशेष
भरतपुरमा एक विवाहित महिलाको शंकास्पद मृत्यु
०

चितवन, मंसिर २-
भरतपुरमा एक विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । गोरखा–३ नारेश्वर घर भई हाल भरतपुर–७ बुद्ध चोकस्थित डेरा गरी बस्ने वर्ष ३६ की रमा थापाको मृत्यु भएको हो ।
शनिवार बिहान ९ बजे उनलाई डेरा गरी बस्ने घर अगाडि लडी रहेको अवस्थामा निजको श्रीमान ४० वर्षीय रमेश थापाले देखि उपचारको लागि चितवन मेडिकल कलेज पु¥याएका थिए । ती महिलाको शनिवार बिहान ९ः२७ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक महिलाको अनुहारमा निल डाम रहेको पाइएको छ । अस्पतालमा खटिएका प्रहरीले मृतकको अनुहारमा निल डाम रहेको बारे अस्थायी प्रहरी बिट कृष्णपुरलाई जानकारी गराएका हुन् । घठनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























