चितवन विशेष

दया हेल्थ र निदान प्याथोलोजीले गर्‍यो रक्तदान कार्यक्रम

Banner

चितवन, मंसिर १-

दया हेल्थ केयर र निदान प्याथोलोजीको संयुक्त आयोजनामा आज भरतपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अस्पताल रोडस्थित दया हेल्थको आफ्नै भवनमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको निदान प्याथोलोजीका संचालक मोहन तिवारीले जानकारी दिए । रक्तदान कार्यक्रम ब्लड डोनर्स सोसाइटीको सहकार्यमा गरिएको हो ।

अहिले रगतको चरम अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको दया हेल्थ केयरका प्रमुख डा.शुभकान्त गौतले जानकारी दिए ।
निदान प्याथोलोजीका अर्का संचालक टीका पङ्गेनीले दया हेल्थ र निदान प्याथोलीको समुदघाटनको अवसर पारेर उक्त कार्यक्रम गरिएको बताए । उदघाटनको अवसर पारेर एक सातादेखी विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>