चितवन विशेष
मोटरसाइकल पल्टिएर गम्भीर घाइते भएका राप्तीका युवकको मृत्यु
०

चितवन, कात्तिक ३०-
आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका राप्तीका एक युवकको बिहीवार मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ अमृतपानीबस्ने २१ वर्षीय अविक पुन रहेका छन् ।
बुधवार बिहान साढे ९ बजेको समयमा अमृतपानीबाट खुरखुरेतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ९८९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक पुन घाइते भएका थिए । उनको मुख र टाउकोमा गम्भीर चोट लागेको थियो ।
उनलाई उपचारको लागि काठमाडौँ लगिएकोमा उपचार हुन नसकी बिहीवार साँझ साढे ६ बजे भरतपुर अस्पताल ल्याइएको थियो । बिहीवार साँझ ९ः५० बजे चिकित्सकले पुनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























