नवलपरासी

नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी

Banner

नवलपुर, कात्तिक ११-

नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । च्याउको तरकारी खाँदा नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीकामा पाँच जना बिरामी परेका हुन् ।

च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बिरामी परेका सबैलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । उनीहरु सबैको अवस्था मध्यम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>