अर्थ वार्ता

थप महँगियो सुन, आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

Banner

काठमाडौँ, कात्तिक १-

सुनले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार चारसय रुपैयाँ कायम भएको छ। यो अलिहेसम्मकै सर्वाधिक महँगो मूल्य हो।

हिजो १ हजार ३ सय रुपैयाँले बढेर सुन तोलाको १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको थियो। हिजोको मूल्यमा थप ६ सय रुपैयाँ बढेर आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।

मंगलबार सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ थियो। असोजमा महँगो मूल्यको नयाँ नयाँ कीर्तिमान बनाएको सुनको मूल्यले कात्तिक १ गते पनि नयाँ रेकर्ड बनाएको छ।

चाँदीको मूल्य भने आज बढेको छैन। आज पनि चाँदी हिजोकै मूल्य १ हजार ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १ हजार ९ सय २५ रुपैयाँ थियो। बुधबार तोलामा २५ रपैयाँ बढेको चाँदीको मूल्य आज पनि यथावत छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>