Breaking News
माउन्टेन फ्लाइटमा गएको बुद्ध एयरको जहाजमा समस्या,आकस्मिक अवतरण
०

काठमाडौं,कात्तिक १-
माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि अवतरण गरेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।
समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य रहेको उनको भनाइ छ । बुद्धको नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि क्याप्टेनले डाइभर्ट गरी अवतरण गराएको उनले जानकारी दिए । हाल बुद्ध एयरको प्राविधिक समूहले हेरिरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























