चितवन विशेष

मित्र मिलन समाज नारायणगढमा श्रेष्ठको नेतृत्व

Banner

नारायणगढ असोज,२३-

मित्र मिलन समाज नारायणगढको अध्यक्षमा गणेश कुमार श्रेष्ठ चयन हुनुभएको छ । सोमबार सम्पन्न प्रथम अधिवेशन तथा तृतिय साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरको हो । समाजको उपाध्यक्षमा बुद्धिकुमार श्रेष्ठ,सचिवमा जयराम श्रेष्ठ,कोषाध्यक्षमा श्याम कुमार श्रेष्ठ र सदस्यहरुमा ज्ञानकुमार चुके,प्रदिप चन्द्र अधिकारी,चामुनारायण श्रेष्ठ,देबेन्द्र बहादुर श्रेष्ठ,राजन कुमार पिया,सुरेन्द्र जंग श्रेष्ठ र मिलन योन्जन चयन हुनुभएको छ । अबिधेशनमा नेतृत्वसहित नयाँ समिति निर्माणका लागि बलराम जोशी,अर्जुन कुमार प्रधान र कृष्ण कुमार तामाङको निर्वाचन समिति बनाइएको थियो । निर्वाचन समितिले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

२०७८ सालमा बुद्धिकुमार श्रेष्ठको परिकल्पनामा स्थापना भएको समाजमा ३४ जना सदस्य छन । सामाजले छोटो समयमानै धेरै सामाजिक काम गरिसकेको छ । नारायणगढको जोरकुशुम पार्कमा बिश्रामस्थल निर्माणदेखि विभिन्न विद्यालय र असाहय संरक्षण केन्द्रमा समाजका तर्फबाट सहयोग गरिएको छ । यस संस्थामा आबद्ध अधिकांस सदस्य बिभिन्न क्षेत्रबाट निवृत्त भएकाहरु छन ।

यसअघि निवर्तमान अध्यक्ष बलराम जोशीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा बुद्धिकुमार श्रेष्ठको सचिवको प्रतिबेदन र ज्ञान कुमार चुकेको कोषाध्यक्षको प्रतिबेदन सर्वसम्मत रुपमा पारित भएको थियो । सो अवसरमा प्रमुख अतिथि गौरेश्वर पशुपती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र कुमार पियाले समाजले छोटो समयमा गरेका काम प्रशंसनिय भएको बताउनुभयो । उहाँले आराम गरेर बस्नुपर्ने समयमा पनि मित्र मिलन समाजका सदस्यहरु सक्रिय भएको देख्दा आफुलाई समेत उर्जा मिल्ने गरेको बताउनुभयो ।

अधिवेशनले विद्यान थप तथा संसोधन गर्न बुद्धिकुमार श्रेष्ठको संयोजकत्वमा गोविन्द अर्याल र जयराम खत्री सदस्य रहनेगरी उपसमिति गठन गरिएको छ । सो अवसरमा विभिन्न उपसमिति संयोजक तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । यो कार्यकालमा उत्कृष्ट काम गरेको भन्दै सचिव बुद्धीकुमार श्रेष्ठ र सदस्य मिलन योन्जन र संस्थाका अभिभावक सुर्यकुमार प्रकाण्डलाई बिशेष सम्मान समेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>