Breaking News
चितवन फेरी सहकारी पीडित र रविका समर्थकबीच घम्साघम्सी,केही घाइते
चितवन,असोज १९-
चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कुरा राख्न गएका चितवनका सहकारी पीडित र लामिछानेका समर्थकबीच शनिवार पनि घम्साघम्सी परेको छ । सो क्रममा ढुङ्गा हानाहान हुँदा केहीबरे तनाबको स्थिति सृजना भएको थियो । ढुङ्गा हानाहान मा केही सहकारी पीडित घाइते भएका छन् ।
रास्वपाले भने सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आयोजना गरेको चितवनवासीसँग भेटघाट कार्यक्रम कांग्रेस र एमालेका कार्यकर्ताले विथोल्न खोजेको आरोप लगाएको छ । कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको रास्वाको दावी छ । जिल्ला अध्यक्ष कृष्ण भुसालले बाहिरबाट ढुंगामुढा गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको बताए ।
लामिछानेको नारायणगढमा भएको सार्वजनिक कार्यक्रममा आफ्ना कुरा राख्न भनेर सहकारी पीडितहरुका गएका थिए । उनीहरुलाई गेटभित्र पस्न नदिएपछि जबरजस्ती भित्र गएर आफ्ना कुरा राख्ने कोसिस गरेकाहरुलाई भित्रैबाट ढुङ्गा र पानीको बोतल हानिएको थियो । त्यसपछि बाहिरबाट पनि सहकारीका पीडितले ढुङ्गा हान्दा प्रहरीलाई अवस्था नियन्त्रण गर्न केहीबेर अप्ठेरो परेको थियो । यद्यपी उनीहरु पीडित नभएर कांग्रेस एमालेका कार्यकर्ता भएको रास्वपाले जनाएको छ ।
दुई जना घाइते भरतपुर अस्पतालमा रहेको सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए । उनले आफ्ना कुरा राख्न आउँदा उल्टै हातपात भएको दाबी गरे । आफ्ना पाँच जना पीडितलाई प्रहरीले पक्राउ गरेको पनि उनले बताए । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने सहकारी पीडितका नाममा पूर्वगृहमन्त्री लामिछानेको कार्यक्रम विथोल्न लागेको भन्ने रिपोर्टिङ भएको, तर घाइते तथा प्रहरी नियन्त्रणमा रहेकोबारे जानकारी नभएको जानकारी दिए । सभापति लामिछानेविरुद्ध शुक्रबार दिउँसो मुग्लिन बजारमा समेत विरोध प्रदर्शन भएको थियो ।