मकवानपुर

हेटौंडाबाट ८ किलो सुन बरामद, २ जना भारतीय नागरिक पक्राउ

Banner

हेटौंडा, असोज १९-

हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् ।

शनिबार बिहान ३ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको हो।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनाले जनकपुरबाट पथलैयासम्म बसमा र पथलैयाबाट स्कुटरमा यात्रा गरिरहेका थिए ।

पक्राउ परेका कुटी र बाडले यसअघि ८ असोजमा २ किलो सुन काठमाडौंमा पुर्‍याएको समेत खुलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>