Breaking News

आजबाट राजनीतिमा आएँ, प्रधानमन्त्री बन्छुः दुर्गा प्रसाईँ

Banner

काठमाडौं,असोज १५-

जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कार्यकर्तामाझबाट सरकारलाई लल्कारेका छन् । उनले आजबाट आफू राजनीतिमा उत्रिएको घोषणासमेत गरे । अदालतले छोडेलगत्तै कार्यकर्ताहरुले प्रसाईंलाई स्वागत अभिनन्दन गरेका थिए । प्रसाईंले पनि पुरानै शैलीमा भाषण गर्दै कार्यकर्तालाई उकासे । आफूलाई सिध्याउन महिला अघि सारिएको, तर अदालतले आमाको भूमिका निर्वाह गरेको उनको टिप्पणी छ ।

प्रसाईंले भने, ‘एकजना केटीलाई मुख छाड्यो, गालीगलौज गर्‍यो भनेर मलाई लगियो, जबकि मैले कसैको नाम लिएको थिइनँ । मलाई लगेपछि सोधियो- केपी ओलीलाई किन यस्तो भनेको ? प्रचण्डलाई किन यस्तो भनेको ? शेरबहादुरलाई किन यस्तो भनेको छ ? सबै जवाफ दिइसकेपछि सम्मानित अदालतले तारेखमा छोडेर आमाको भूमिका निभाएको छ ।’

‘मेरो बोली नै हतियार हो । यो बोली सर्वहाराको हो । दुर्गा प्रसाईंको आवाज मर्‍यो भने तपाईंहरुको बोलिदिने कोही हुँदैन । एक थोपो रगत हुञ्जेलसम्म दुर्गा प्रसाईं बिक्दैन, झुक्दैन र हार्दैन ।’ हिरासतमा आफूलाई प्रहरीले राम्रो व्यवहार गरेको भन्दै उनले धन्यवाद दिए, तर वीर अस्पतालले जबरजस्ती डिस्चार्ज गरिदिएको गुनासो गरे ।

‘पुलिसमा मैले भनें कि हामी नङ र मासु हौं । मलाई फेमिलियर व्यवहार भयो । उहाँहरु पनि बाध्यतामा हुनुहुन्छ, तर वीर अस्पतालमा मलाई लगेको भोलिपल्टै डिस्चार्ज कि डिस्चार्ज भनेर दबाब दिइयो । जबकि म क्यान्सर सर्भाइभर हो । दुईपल्ट क्यान्सरको अपरेसन गरेको छु । अस्पताल बसेर उपचार गराउने मेरो मानव अधिकार हो । मेरो मानव अधिकार हनन भएको छ । म बयान दिन आएको बेला डिस्चार्ज गरेर निकालेर सिंहदरबार थानामा ल्याइयो’, प्रसाईंले भने । आफ्नो लडाइँ अहिलेका प्रधानमन्त्रीसँग रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>