Breaking News

झ्याप्लेखोलाको पहिरोः गोरखाबाट काठमाडौँ छुटेको बस भेटियो

Banner

गोरखा, असोज १३-

गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।

धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

‘गाडीको नम्बर नै फेला पर्‍यो,’ उनले भने । बसको डण्डीमा चालकको मोबाइल नम्बर पनि देखिएको यातायात व्यवसायीहरू बताउँछन् । लापुबेंसीबाट छुटेको बस शुक्रबार रातिदेखि सम्पर्कविहीन थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>