Breaking News

सरकाले बाढी पहिरोका सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचार गर्ने

Banner

काठमाण्डौँ, असोज १२-

शुक्रबारदेखिको लगातार वर्षाका कारण देशभरि विपदजन्य घटनापछि शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ।

बैठकले वर्षापछिको बाढी पहिरोका कारण अवरूद्ध सडक तत्काल खुलाउने निर्णय गरेको छ। त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिएको छ।

बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले बाढी पहिरोको नोक्सानको मूल्यांकन गर्ने र मृतकहरूलाई दिनुपर्ने क्षतिपूर्ति कानुनमुताबिक चाँडै प्रबन्ध गर्ने निर्णय भएको जानकारी दिए।

बैठकले प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। त्यस्तै भारी वर्षाका कारण पैदा भएको समस्यालाई मध्यनजर गर्दै हाल जारी भएका परीक्षाहरू स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै सरकाले सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।

अवरूद्ध रहेका टेलिफोन, बिजुलीका लाइनहरू सुचारू गर्न पहल गर्ने निर्णय गरेको छ। समस्यामा रहेका नागरिकहरूलाई प्रधानमन्त्री कार्यालयको हट लाइन, नेपाल प्रहरी, नेपाली सेना, एपिएफ र गृहमन्त्रालयको हट लाइनमा सम्पर्क गरी राहत तथा उद्धारका लागि अनुरोध गर्न पनि सरकारले अनुरोध गरेको छ।

विपदमा उद्धारका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको र अन्य मन्त्रालयलाई पनि आवश्यक समन्वय गर्न बैठकले निर्दशन दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>