Breaking News
एकदिवसीय अलराउन्डर वरीयतामा सन्दीपको छलाङ,एकैपटक २२ स्थान सुधार
०

काठमाडौ,असोज ९-
एकदिवसीय क्रिकेटको अलराउन्डर विश्व वरीयतामा नेपालका सन्दीप लामिछानेले छलाङ मारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीपले एकैपटक २२ स्थान सुधार गरेका हुन्।
उनी नेपाली खोलाडीमा सबैभन्दा अगाडि छन्। सन्दीपले पछिल्लो वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र सोमपाल कामीलाई पनि पछि पारेका हुन्। सन्दीपसँगै विश्व वरीयताको ४१ औं स्थानमा अस्ट्रेलिएका ट्राभिस हेड र एडम जाम्पा छन्। जाम्पा एक स्थान तल झर्दै र हेड १० स्थान सुधार गर्दै सन्दीपसँग बराबरी गरेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























