चितवन विशेष

दियालो फुडल्याण्डमा भरतपुर महानगरले चलायो डोजर

Banner

चितवन, असोज ९-

भरतपुर महानगरपालिका–२ स्थित विक्रम मार्गमा रहेको दियालो फुड्ल्याण्डको संरचनामा महानगरले डोजर चलाएको हो । पुङ्गीखोलालाई मिचेर बनाईएको संरचना महानगरले भत्काउन सुरु गरेपछि दियालो फुडल्याण्डको  संरचनामा पनि डोजर चलेको हो । पुङ्गीखोलालाई मिचेर निर्माण गरेका संरचना भत्काईएको महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिए ।

संरचना भत्काउदा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी फिल्डमा उत्रिएका थिए । सांसद बिक्रम पाण्डेले खोला र सिँचाइको जग्गा अतिक्रमण गरी भवन निर्माण गरेर भाडामा दिएको महानगरपालिकाका इन्जिनियर सुर्य लामाले बताए । उनले विक्रम मार्गमा पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको जानकारी दिए । यसअघि सो स्थानमा कालिका कन्स्ट्रक्शन प्रा.लि.को अफिस थियो ।

अहिले दियालो फुडल्याण्डलाई भाडामा दिईएको हो नाप जाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाले बताएको छ । भरतपुर महानगरपालिका ११ गणेशधामदेखि सुरु हुने यो खोला वडा नं. २, ३ र वडा नं.४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे ६ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं.२ मा मिचिएको महानगरले जनाएको छ । यसअघि आजै विहान महानगरले लायन्स भवनमा पनि डोजर चलाएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>