Breaking News

आगामी निर्वाचनमा एक्लै लड्न सरकारको नेतृत्व गर्नुपर्छः देउवा

Banner

बारा, असोज ९-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाली कांग्रेसका ८ वटै जिल्लाका नेता कार्यकर्ताहरूले कांग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्न माग गरेका छन्।

बुधबार पर्साको वीरगन्जमा बसेको ८ वटै जिल्लाबाट केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्ने कांग्रेसका पदाधिकारी, सङ्घीय प्रतिनिधि सभा सदस्य, मधेस प्रदेशका समितिका पदाधिकारी र प्रदेश सभा सदस्यहरु, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू लगायत नेता कार्यकर्ताहरूले ,सभापति देउवासँग यस्तो माग गरेका हुन्।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले नेपाली कांग्रेसले मधेस प्रदेशमा सरकारको नेतृत्व नगरेर कांग्रेसलाई मधेस प्रदेशमा कमजोर बनाउने कार्य गरेकोले आरोप लगाए। मधेस प्रदेशमा नेपाली कांग्रेसलाई बलियो बनाउनको लागि सरकारको नेतृत्व आफ्नो हातमा लिनु पर्ने सुझाव समेत उनले दिए।

कार्यक्रममा बोल्दै पर्साबाट प्रदेश सभा सदस्यमा प्रतिनिधित्व पर्ने श्याम पटेलले मधेस प्रदेशमा मधेसवादी दलहरुलाई मात्रै सरकारको नेतृत्व गर्न दिएको कारणले कांग्रेसका नेता कार्यकर्ताहरूमा निराशा बढेको बताए। कांग्रेस मधेस प्रदेशका सह–महामन्त्री जयनारायण यादवले मधेस कांग्रेसको गढ मानिँदै आए पनि सरकारको नेतृत्व मधेसवादी दललाई दिएर कांग्रेसले आफ्नै गढलाई कमजोर बनाउने कार्य गर्न लागेको बताए।

आउने निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जाने बताएको अवस्थामा मधेस प्रदेशका अधिकांश प्रतिनिधि सभा र प्रदेश सभामा विजयी बन्नको लागि मधेसमा सरकारको नेतृत्व गर्न जरुरी देखिएको यादवले बताए। मधेसवादी दलहरुको ब्रह्म्लुट रोक्न र मधेसी जनतालाई सरकारको अनुभूति दिलाउन मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नु पर्ने र त्यसको लागि पार्टी सभापतिले पहल गर्नु पर्ने माग यादवले गरे।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>