स्वास्थ्य
पर्सामा अत्यधिक गर्मीका कारण कक्षा कोठा मै ८ जना बेहोस
०

काठमाडौँ, असोज ७-
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियामा अध्ययनरत ८ जना विद्यार्थीहरू अत्यधिक गर्मीका कारण कक्षा कोठा मै बेहोस भएका छन् ।
कक्षा ७ मा अध्ययनरत सोनु ठाकुर र लालसा कुमारी यादव , कक्षा ९ मा अध्ययनरत नेहा कुमारी, मनिता कुमारी यादव ,अन्तिमा कुमारी राम ,चन्दा कुमारी ठाकुर ,निसमा कुशवाहा , साजदा खातुन अत्यधिक गर्मीका कारण बेहोस भएका हुन् ।
बेहोस भएका विद्यार्थीको उपचार पोखरिया अस्पतालमा भइरहेको र ती बिधार्थीहरुको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























