समाचार

सरकारले लगायो इजाजतप्राप्त हतियार बोकेर सरकारी कार्यालय र सार्वजनिकस्थलमा हिँड्न रोक

Banner

काठमाण्डौँ, असोज ३-

सरकारले इजाजत प्राप्त हातहतियार सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा बोकेर हिड्न रोक लगाएको छ । गृह मन्त्रालयले संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा दर्ता हतियार बोकेर हिँड्न नपाउने गरी आदेश जारी गरेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडिगार्ड २०८० चैतमा सर्वोच्च अदालत परिसरबाट स्वचालित हतियार र गोलीगठ्ठासहित पक्राउ परेपछि सरकारले देशभर इजाजतप्राप्त हतियारको लगत र खोजबिनमा जुटेको थियो । त्यसपछि इजाजत हतियार प्रयोगसम्बन्धी मापदण्ड बनाउँदै दर्ता हतियार घरबाहिर लिएर हिँड्न रोक लगाउने गरी गृह मन्त्रालयले भदौ ३१ मा राजपत्रमा सूचना जारी गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>