तनहुँ

तनहुँमा पुल तथा सडकका लागि प्रदेश सरकारको रु एक अर्ब ३८ करोड बजेट

Banner

दमौली,भदौ २९-

गण्डकी प्रदेश सरकारले तनहुँमा पुल तथा सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८१र८२ मा रु एक अर्ब ३८ करोड ९७ लाख ८० हजार बजेट विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा पुल तथा सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो । कार्यालय प्रमुख रवीन्द्र तिवारीले १७ वटा सडक तथा पुलका लागि बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँका अनुसार शालिग्राम कोरिडोर (दासढुङ्गा साधेबगर भतेरी खण्ड) का लागि रु २० करोड विनियोजन भएको छ ।

रानीटारी हर्कपुर घुम्ती किल्चोक मानुङ छाङदेखि भिमाद सडकका लागि रु १८ करोड, दमौली बिसघरे झापुटार (सेती नदी सडक पुल) का लागि रु पाँच करोड, खुदीखोला कटुसे रह पक्की पुल बन्दीपुरका लागि रु तीन करोड, ढोरवाराही मार्ग (साँखे थुम्कीडाँडा खण्ड) कालोपत्रका लागि रु दुई करोड ५० लाख, बुद्धसिंह मार्ग (पहिलो खण्ड) बहुवर्षे योजनाका लागि रु दुई करोड ५० लाख, मानपुर डेडगाउँ (घिरिङ तनहुँदेखि बौदीकाली नवलपुर) सडकका लागि रु दुई करोड ५० लाख, शुक्लागण्डकी ५ र ८ जोड्ने सेती नदी पक्की पुलका लागि रु दुई करोड ५० लाख विनियोजन भएको छ ।

शुक्लागण्डकी १० र भिमाद ८ जोड्ने क्याङ्दी खोलाको पिप्लेमा सडक पुलका लागि रु दुई करोड ५० लाख, तल्लो डुम्रे मोटरेवल पुलका लागि रु दुई करोड ३६ लाख ८२ हजार, कुलुङ खोला पुल भिमाद १ डुम्रीवेशीका लागि रु दुई करोड १६ लाख ५६ हजार, झापुटार काहुँ मोटरमार्ग स्तरोन्नतिका लागि रु दुई करोड, सहिद लालध्वज मार्ग निर्माण तथा स्तरोन्नतिका लागि रु दुई करोड, भानु मार्ग चन्द्रावती पोखरीछाप पुलिमराङ हुँदै कुन्छाफेदी सडकका लागि रु दुई करोड, आँबु भाँगे छिम्केश्वरी हिलेखर्क मार्गका लागि रु दुई करोड, दुलेगौडा हर्कपुर मार्ग (वनकेवा मनपाङ रानीटारी खण्ड) कालोपत्रका लागि रु दुई करोड र सिन्धु मार्गका लागि रु दुई करोड विनियोजन भएको कार्यालयले जनाएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा १४ बहुवर्षीय योजना सम्पन्न गरेको थियो । त्यस्तै, ३९ बहुवर्षीय योजना सम्पन्न हुन बाँकी रहेको तिवारीले बताउनुभयो । उहाँका अनुसार सालबसाली सम्पन्न भएका योजना एक सय १९ छन् भने सालबसाली सम्पन्न नभएका १४ योजना छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>