Breaking News

सरकारको निर्णयः धरहरा असोज ३ गतेदेखि खुलाउने, लगानी बोर्डको सीईओमा ज्ञवाली

Banner

काठमाडौँ,भदौ २८-

सरकारले सुन्धाराको धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

२०७२ को भूकम्पले भत्किएपछि यहाँ नयाँ धरहरा निर्माण गरिएको हो। पुरानो धरहराको भग्नावशेष संरक्षण गरेर राखिएको छ। यस्तै मन्त्रिपरिषद्‍ बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मा सुशील ज्ञवालीलाई नियुक्त गरेको पनि ती मन्त्रीले जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>