स्वास्थ्य
नौ दिनमा थपिए १३ सय डेंगी संक्रमित, चितवनमा ५८९ जनामा संक्रमण
०

चितवन, भदौ २७-
देशभर १३ सयभन्दा बढी डेंगी संक्रमित थपिएका छन् । पछिल्ला नौ दिनमा एक हजार ३१३ जनामा डेंगी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
योसँगै यो वर्ष (सन् २०२४ सेप्टेम्बर ९ सम्म) देशभर डेंगी संक्रमितको संख्या आठ हजार १५९ पुगेको छ ।
सबैभन्दा धेरै तनहुँमा एक हजार ३०६ जना संक्रमित भएका छन् । कास्कीमा एक हजार ४०, स्याङ्जामा ७४९, काठमाडौंमा ६८७ र चितवनमा ५८९ जनामा डेंगी पुष्टि भएको छ ।
यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























