चितवन विशेष
रामपुर कृषि क्याम्पसमा दुई विद्यार्थी संगठनविच झडप
०

भरतपुर,१४ भदौ ।
चितवनको कृषि तथा वन बिज्ञान विश्वविद्यालयमा दुई विद्यार्थी संगठनविच झडप भएको छ । बिहिबार नेपाली काँग्रेस र नेकपा एमाले निकट विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरु विच झडप भएको छ । झडपको दुबै तर्फका केही विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी भेषराज रिजालका अनुसार घाइतेहरु उपचार गरेर डिस्चार्ज भइसकेका छन । एक जना विद्यार्थीको भने थप उपचारका लागि काठमाडौं गएको रिजालले बताउनुभयो ।
यही घटनालाई लिएर नेपाली काँग्रेस चितवनले आपत्ती जनाएको छ । आज (शुक्रबार) पार्टी सभापति राजेश्वर खनालले एक विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गर्नुभएको छ । उहाँले एमाले निकट अनेरास्ववियुका विद्यार्थीले नेविसंघका विद्यार्थीलाई आक्रमण गरेको आरोप लगाउनुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























