अर्थ वार्ता
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ पुग्यो
०

काठमाडौँ, भदौ १३-
नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । एकपछि अर्को रेकर्ड बनाउँदै आएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























