Uncategorized

सेन्ट्रल मोडल कलेजले सिम्याट परीक्षा दिन आउने विद्यार्थीलाई निःशुल्क बस उपलब्ध गराउने

Banner

चितवन,साउन १३-

चितवनको सेन्ट्रल मोडल कलेजले सिम्याट परीक्षा दिन आउने चितवन र नवलपुरका विद्यार्थीलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । भदौ १५ गते भरतपुरको वीरेन्द्र क्याम्पसमा हुने परीक्षामा सहभागि हुने विद्यार्थीलाई कलेजले निःशुल्क बस सेवा उपलब्ध गराउने भएको हो । त्रिभुवन विश्वविद्यालयले यही भदौ १५ गते बिहान ८ बजे लिने सिम्याट परीक्षाको सेन्टर भरतपुरको बीरेन्द्र क्याम्पस परेको छ ।

कलेजले यसै बर्षदेखि त्रिभुवन विश्वविद्यालय सम्बन्धित बीआईएम र बीएचएमको ४ बर्षे कार्यक्रमहरु अध्याधुनिक सुविधासम्पन्न भवनमा अन्तर्राष्ट्रिय स्तरबाट सञ्चालनमा ल्याएको छ । यहाँ बीआईएम र बीएचएमका लागि ६६/६६ जनाको दुई/दुई सेसन राखिएको छ । चितवनमा पहिलोपटक पढ्दै कमाउँदै योजना ल्याएको यस कलेजले सय प्रतिशत जागिरको सुनिश्चितता गरेको कुरा कलेजका अध्यक्ष यज्ञविलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । उहाँले कलेजमा निर्धारित कोटामध्ये केही कोटा मात्र बाँकी रहेको बताउनुभयो ।

कलेजमा रिसर्च आधारित कक्षाहरु,व्यवहारिक प्रयोगशाला,विभिन्न संस्थागत भ्रमण,प्रस्तुती र उद्यमशील गतिविधिहरुको समाबेश गरिएको छ । बीआईएम र बीएचएमका विद्यार्थीहरुका लागि आधुनिक पुस्तकालय,अनलाइन शैक्षिक स्रोतको पहुँच,छात्रावास र क्यान्टिनको पनि सुविधा रहेको कलेजले जनाएको छ । कलेजले उद्योग साझेदारी मार्फत व्यवहारिक तालिम र इन्टर्नशिपको अवसरपनि दिइने कलेजका प्रिन्सिपल डा.टीआर चालिसेले जानकारी दिनुभयो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>