चितवन विशेष
हिजोदेखि सम्पर्कमा नरहेका सनराइज स्कुलका बालक फेला परे
०

भरतपुर,भदौ १२-
मंगलबारदेखि सम्पर्कमा नरहेका चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलका बालक फेला परेका छन । उनि फेला परेको भन्दै परिवारका सदस्यले फोन गरेको स्कुलका सहायक प्राचार्य भुमिराज तिवारीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । ‘परिवारकै सदस्यले लगेको जस्तो देखिन्छ,उहाँले भन्नुभयो,प्रहरीले खोज्न थालेपछि सम्पर्कमा आउनुभएको छ ।’
सनराइज इङ्लिस बोर्डिङको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल मंगलबार अपरान्ह ४ बजेदेखिनै सम्पर्कबिहिन भएका थिए । भरतपुर १३, उज्ज्वलनगर घर भएका उनको आमा अहिले वैदेशिक रोजगारीमा हुनुहुन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























