चितवन विशेष
नेपाल प्रहरी शिक्षालयमा नारायणी मिड टाउन रोटरीको रक्तदान
०

चितवन, भदौ ९–
रोटरी क्लब अफ नारायणी मिड टाउनले भरतपुरमा रक्तदान कार्यक्रम गरेको छ ।
रगतको बढ्दो मागलार्इ मध्यनजर गर्दै क्लबले भरतपुरको नेपाल प्रहरी शिक्षालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा ५५ पिन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक निरन्जन न्यौपानेले जानकारी दिए।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी शिक्षालयले रक्तदान कार्यक्रममा सहकार्य गरेको हो । शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले प्रहरी निरीक्षक गोपाल पौडेललार्इ रगत संकलनको ब्याग दिएर कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रम रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























