खेलकुद

भुटानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

Banner

काठमाडौँ, भदौ ९–

भुटानलाई टाइबेकरमा हराउँदै घरेलु टोली नेपालले साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा आज भएको प्रतिस्पर्धात्मक खेलमा टाइब्रेकरमा ४–१ को जित दर्ता गर्दै फाइनलमा स्थान बनाउन सफल भयो। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले जेत्सन दोर्जीको गोलमा अग्रता लियो । तर भुटान १० खेलाडीमा झरेलगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो ।

दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>