Breaking News

राति सुतिरहेको बेला पहिरो खस्दा रामेछापमा ३ वटा घरका सबै बेपत्ता, २ शव निकालियो

Banner

काठमाडौं,भदौ ९-

रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित २ जनाको शव फेला परेको छ। ३० वर्षीया चण्डिका श्रेष्ठ र १८ महिने बालक आमुस श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिए।

‘पहिरोले तीनवटा घर पूर्णरुपमा बगाएको छ। त्यो घरका सबै बेपत्ता छन्,’ न्यौपानेले भने, ‘पहिरोले बगाएको ३ वटा घरमा कति मान्छे थिए खुलेको छैन। हाम्रो टोली भर्खरै घटनास्थलमा पुगेर उद्धारमा खटिएको छ।’ दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति साढे ३ बजे पहिरोले चार घर बगाएको उनले बताए।

घटनास्थलमा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहित तीनवटै सुरक्षा निकायका प्रमुख जाँदैछन्। घटनास्थल रामेछाप सदरमुकाम मन्थलीबाट झण्डै ५० किमी टाढा पर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>