तनहुँ

मर्स्याङ्दीमा खसेको बसका सबै यात्रु भारतीय, २ दिनअघि आइपुगेका थिए पोखरा

Banner

तनहुँ,भदौ ७-

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय भएको खुलेको छ। कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार, उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए। गत भदौ ५ गते (दुई दिनअघि) उनीहरू गोरखपुरबाट पोखरा आएका थिए। उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए।

बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए। यात्राकै क्रममा उनीहरू आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो। प्रहरीका अनुसार, अहिलेसम्म १४ जनाको शव भेटिएको छ। अन्य १६ जना घाइतेको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ।

बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार थिए। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य जारी राखेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>