नवलपरासी

नवलपरासीमा १५ हजार घुससहित प्रहरी हवल्दार पक्राउ

Banner

नवलपरासी,भदौ २-

१५ हजार रुपैयाँ घुससहित एक प्रहरी हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । नवलपरासी (सुस्तापश्चिम) को प्रहरी चौकी भुजुवा दरबन्दी भई रुपन्देहीको भैरहवास्थित अस्थायी प्रहरी बिट बसपार्कमा कार्यरत प्रहरी हवल्दार डुक बहादुर खड्का पक्राउ परेका हुन् ।

भारतबाट भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोली उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई रुपन्देहीकै रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित सिमरहा चौक नजिकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>