नवलपरासी

नवलपरासीमा तीव्र गतिमा रहेको मोटरसाइकल अटोमा ठोकिँदा युवकको मृत्यु

Banner

नवलपरासी,साउन ३२-

नवलपरासीमा तीव्र गतिमा रहेको मोटरसाइकल अटोमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार दिउँसो बर्दघाट नगरपालिका १६ रसायली चोकस्थित बर्दघाट-त्रिवेणी भित्री सडक खण्डमा लु २८ प ५४२० नम्बरको मोटरसाइकल आफैँ अनियिन्त्रित भएर अटोमा ठोकिँदा ३० वर्षीय युवकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दघाट- १६ कालुचोक घर भएका ३० वर्षीय रमेश गुरुङ छन्। दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।

बर्दघाटबाट तीव्र गतिमा बरुवा तर्फ जाँदै गरेको उक्त मोटरसाइकलले अर्को मोटरसाईकललाई ओभरट्याक गर्ने क्रममा सोहि दिसाबाट जाँदै गरेको लु १ ह ४१६३ नम्बरको अटोमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई सुरुमा प्रहरीले उपचारको लागि चिसापानी सामुदायिक अस्पताल लगेको थियो।

त्यहाँ सामान्य उपचार पश्चात उनलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>