अन्तर्राष्ट्रिय
पदक विजेता खेलाडीको मूर्ति बेइज्जत गर्ने खालको कुरूप भएपछि…
०

काठमाडौं, साउन ३२-
आलोचना अफ्रिकी देश केन्यामा मूर्तिहरू कुरूप भएको तथा मूर्तिको कला पनि नभएको भन्दै व्यापक आलोचना भएको छ । केन्या हालसालै सकिएको पेरिस ओलम्पिकमा चार स्वर्ण, दुई रजत र पाँच कांस्य जितेर केन्याले ११ पदक हात पारेर सबैभन्दा धेरै पदक जित्ने अफ्रिकी देश बनेको छ ।
त्यसकै सम्मानमा पदकधारी खेलाडीहरूको मूर्ति बनाउने कुरा गर्यो केन्याको एल्डोरेटको स्थानीय सरकारले । केन्याकी चर्चित खेलाडी फेथ किपयिगोन र इलिउड किपचोजको मूर्ति बनाउने निर्णय भयो ।
मूर्ति बनाइयो पनि । तर, उनको मूर्ति उनलाई नै बेइज्जत गर्ने खालको कुरूप भयो । सामाजिक सञ्जालमा व्यापक आलोचना भयो र बिहीबार मूर्तिहरू हटाइयो । एक जनाले मूर्तिबारेमा आलोचना गर्दै मूर्ति बनाउनेलाई खेलाडीको अपमान भएको भन्दै जेल हाल्न आग्रहसमेत गरेको बीबीसीले उल्लेख गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























